२ भाद्र २०८३, मंगलबार
Header

लगं खलद्धारा जेष्ठ नागरिक सम्मानित


प्रकाशित: शनिवार, २ कातिक २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । लगं खलद्वारा शनिवार ९५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 


महानगरको वडा २१ मा रहेको लगं खलले नेपाल सम्बत् ११४० पूर्वसन्ध्यमा जेष्ठ नागरिक सम्मानकासाथ वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जेष्ठ नागरिकहरुलाई सम्मान महानगरको र्मत अमूर्त सम्पदाको चर्चा गरेका थिए ।


प्रमुख शाक्यले जेष्ठ नागरिकको लागि महानगरले जेष्ठ नागरिक मनोरन्जन केन्द्र स्थापना गरेको जानकारी समेत दिएका थिए । 


कार्यक्र महानगरको वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले वडाभित्र भएका सम्पदा जोगाउने क्रममा धेरै काम भएको उल्लेख गर्दै, यस काममा सहयोग गर्न सबैलाई आग्रह गरे ।


नेपाल सम्बत मुल समारोह समितिका अध्यक्ष रमेश महर्जनले नेपाल सम्बत्लाई भव्य रुपमा सफल बनाउने सबैलाई सक्रियताका साथ कार्यक्रममा भाग लिन आग्रह गरेका थिए । 


कार्यक्रममा ७० बर्ष उमेर पूरा भएका ५४ जना पुरुष र ४० जना महिलालाई सम्मान गरिएको थियो । 


उक्त अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नायोखिँ, मू धिमे, यलपो धिमेलगायत बाद्यबादन प्रस्तुत गरिएको थियो भने गणेश, कुमारी, भैरव बज्रयोगिनी, राजहिटीलगायत चर्या नृत्य लाखेलगायत परम्परागत नृत्य तथा सीमा कचः, लिक्क बया जीत, शिरैमा शिरबन्दी, बालापनको उमेर, मन मगनलगायत बोलका गीतमा नृत्य प्रस्तुत गरिएका थिए । 


कलाकारहरुले गायनसमेत प्रस्तुत सांस्कृतिक कार्यक्रममा उपेन्द्र उण्ड फ्रेण्डस, फ्रिक स्ट्रिट व्याण्डले प्रस्तुति दिएका थिए । लगं खलले वडा कार्यालयसँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex