२० बैशाख २०८१, बिहिबार
Header

लखतीर्थमा मुल प्रवेश द्वारको गजुर प्रतिस्थापन गरियो


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, १०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले लखतीर्थमा मुल प्रवेश द्वारको गजुर प्रतिस्थापन गरेका छन । 


सोमवार विहान एक कार्यक्रमविच प्रमुख शाक्यले गजुरको प्रतिस्थापनसँगै चपाचो पनि शिलान्यास गरेका छन । 


सो अवसरमा प्रमुख शाक्यले महानगरक्षेत्रभित्र भएका सम्पदा सम्पदाको मर्मत गर्नु छ कि पुननिर्माण ? हामी बनाएर त्यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय गुठी वा समाजलाई हस्तान्तरण गर्ने महानगरको जिम्मेवार भएको प्रमुख शाक्यले भने । 


त्यसैगरी विष्णुमती नदी किनारामा पार्क बनाउने काम महानगरको प्राथमिकतामा रहेकोल नदीले छुने सबै वडाको संयुक्त कार्यक्रम हुने विश्वास व्यक्त गरे । 


कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, लखतीर्थ संरक्षण तथा पुननिर्माण समितिकातर्फबाट सुवर्ण डंगोललगायतले आ–आफ्ना् धारणा राखेका थिए ।


स्वीकृत गुरुयोजनाअनुसार लखतीर्थ पुननिर्माणका लागि करीव ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । जसमा करीब ५५ लाख रुपैयाँ महानगरले उपलब्ध गराइसकेको छ ।


लख तीर्थ शंखधर साख्वासँग सम्बन्धित स्थान हो । यही लख तीर्थबाट उठाएको बालुवामा सुन भेटेपछि सुन बेचेर किसानको ऋण तिरिदिएका थिए भन्ने बिश्वाश छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD