काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर ५ प्रतिशत दिइने छ ।
यो भनेको १ करोड १५ लाख ९३ हजार ५ सय ७७ कित्ता सेयर हो । बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख ५४ हजार ४ सय २९ को हकमा बोनस सेयरको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ । यो भनेको ६ करोड १० लाख १८ हजार ८ सय २८ रुपैयाँ बराबर हो ।
सञ्चालक समिति बैठकले २४ पुसमा बैंकको २४औं वार्षिक साधारणसभा गर्ने भएको छ ।
Categorized in बैंक