६ बैशाख २०८१, बिहिबार
Header

लकडाउन हुँदैनः स्वास्थ्यमन्त्री त्रिपाठी


प्रकाशित: मंगलवार, २४ चैत्र २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले लकडाउन नहुने बताएका छन ।


मंगलवार राजधानीमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ को कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले सरकार लकडाउनको मनस्थितीमा नरहरेको स्पष्ट पारेका थिए । 


सरकार लकडाउनको विकल्प खोज्ने र सोही अनुसारको स्वास्थ्य सुरक्षा व्यवस्थामा लागेकोले लकडाउनको बारेमा नसोचिएको उनको भनाई थियो । 


मन्त्री त्रिपाठीले लकडाउनले सामाजिक र आर्थिक व्यवस्थामा दीर्धकालिन समस्या पर्ने हुँदा सरकार लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु चल्न अघि बढ्ने बताए । 


अहिले आतंकति भईहाल्नु पर्ने अवस्था नभएकोले पत्रकारहरुले पनि कोभिड–१९ सम्बन्धी सुचना सिधै मन्त्रालयसँग लिएर मात्र समाचार प्रकाशित गर्न मन्त्री त्रिपाठीले आग्रह गरेका छन । 


उनले अहिले सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।


अहिले विश्वमा १३ वटा खोप प्रचलनमा आइसकेको र नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको मन्त्री त्रिपाठीले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD