१४ बैशाख २०८१, शुक्रबार
Header

लकडाउनमा नागरिक ‘पठाउने–ल्याउने’ नगरौंः प्रमुख शाक्य


प्रकाशित: बुधवार, १७ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनको समयमा नागरिक पठाउन–ल्याउने होडवाजी नगर्न आग्रह गरेका छन ।


सरकारले लकडाउन पुर्ण रुपमा पालना गर्न आग्रह गरिरहेको बेला पछिल्लो समयमा काठमाडौंबाट मजदूर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौं पठाउने कार्य बढेको देखिएको छ ।


प्रमुख शाक्यले भने, ‘विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन । त्यसैले लकडाउनमा नागरिक ल्याउने–पठाउने होडबाजी नगरौं ।’


जिल्लाहरु तथा स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र अन्तका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने भन्दै चिन्ता प्रमुख शाक्यले व्यक्त गरेका छन । 


काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकावासी सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन । 


प्रमुख शाक्यले कोही समस्यमा भए उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री न. ११८० र ११३१ मा जानकारी दिन समेत आग्रह गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD