काठमाडौं । रोल्पाको सुलिचौरस्थित आईतबार बेलुका गोली प्रहारबाट रोल्पा नगरका अध्यक्ष रोहित पुनको हत्या भएको छ ।
स्थानीय एक रेष्टुरेन्टमा दिउँसो ४ बजे तिर उनीमाथि गोही प्रहार भएको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाले प्रहरीले दिएको जानकारी अनुसार एउटै टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा मृतक रोहितका साथी देवबहादुरले तीन गोली चलाएका थिए ।
घटना लगत्तै प्रहरीले गोली चलाएको आरोपमा देवबहादुर धर्तीलाई हतियारसहित अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ ।
घट्नास्थल प्रहरी एकदमै नजिकै भएपनि प्रहरीले केही थाहा नपाएको भन्दै स्थानीय नेविसंघका नेताहरुले दुःख व्यक्त गरेका छन् ।
Categorized in समाज