२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

रोजगार संयोजकको लागि २४ हजारको आवेदन, प्रदेश ३ बाट सबैभन्दा बढी


प्रकाशित: शनिवार, १९ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । सरकारले स्थानीय तहमा रोजगार केन्द्र संयोजक नियुक्ती प्रक्रिया थालेको छ । 


स्थानीय ७५३ तहमा रोजगार संयोजकको लागि खुला गरेको आवेदनमा देशभरीबाट शुक्रवारसम्म २४ हजारले आवेदने दिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार सबैभन्दा बढि प्रदेश ३ बाट ४९९४ जना, सुदुरपश्चिम प्रदेशबाट ४००४ जना, प्रदेश २ बाट ३,६७१ जना, प्रदेश १ बाट ३,६६५, कर्णाली प्रदेशबाट ३,३७८ जना, प्रदेश ५ बाट २३०१ जना र गण्डकी प्रदेशबाट १९५५ जनाले आवेदन दिएको छ । 
माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएको थियो । 


प्राप्त दरखास्तबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने जानकारी दिइनेछ । 


रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन । 


रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex