१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

रोजगारीबाट फर्किइ स्वदेशमा उद्यम गर्ने लाई सरकारले पुरस्कार दिने


प्रकाशित: बुधवार, १७ पुस २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेकालाई सरकारले सम्मान तथा पुरस्कार दिने भएको छ । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त सम्मान तथा पुरस्कारको लागि आवेदन मागेको छ ।


वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ । 


७ माघ भित्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ । 


कामदार भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको हुनुपर्ने सर्त छ । वैदेशिक रोजगारीबाट नेपाल फर्किएको समेत एक वर्ष पूरा भएको हुनुपर्ने गरी सर्त राखिएको छ ।


पछिल्लो पाँच वर्षयता मन्त्रालयबाट कुनै पनि प्रकारको पुरस्कार नपाएको हुनुपर्ने सर्तसमेत राखिएको मन्त्रालयले जनाएको छ । यसअघिका वर्षमा आवेदन दिएका तर पुरस्कार नपाएकाले पनि यस्तो पुरस्कारका लागि आवेदन दिन सक्ने छन् ।

 


1 January 2025, wednasday

asteriskhubs
Home Page Bottom Second


maharjan complex