१३ जेठ २०८१, आइतबार
Header

रोकिएन सुन तस्करी, सिनामंगलबाट सुनको चुरा सहित एक पक्राउ


प्रकाशित: विहिबार, १८ जेठ २०७२, २०ः३२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करीमा संलग्नहरुको बयान जारी रहेकै बिचमा फेरि एक जनालाई प्रहरीले सुन सहित पक्राउ गरेको छ ।

 
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले ले त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार पक्राउ गरको हो ।

 
उनलाई सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुई वटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ ।


यादवलाई शुक्रबारै आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD