७ जेठ २०८१, सोमबार
Header

रोकिएन सुन तस्करी, काठमाडौंको दुई स्थानबाट सुनसहित २ पक्राउ


प्रकाशित: मंगलवार ३ पुष २०७५, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । सरकारले सुन तस्करी जालो भत्काए भनेर झयाली पिटे पनि तस्करी भने रोकिएको छैन ।  


प्रहरीले आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङलाई पक्राउ गरेको छ । 


प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको जनाएको छ । 


कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा बिहान पक्राउ गरिएको हो । 


त्यसैगरी काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई सोमबार साँझ उक्त धातुसहित पक्राउ गरिएको हो । ठगी गर्ने उद्देश्यले पहेँलो धातु लिएको खुल्न आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD