६ जेठ २०८१, आइतबार
Header

रोकिएन तस्करी, नागढुंगाबाट भारतीय गाडीमा ३ केजी सुन भेटियो


प्रकाशित: शनिबार, १६ असार २०७५, १४ः५३ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सुन तस्करीको ¥याकेट अझै सक्रिय देखिएको छ । प्रहरीले शनिबार काठमाडौको नागढुंबाट ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ ।


काठमाडौंबाट तराई हिँडेको भारतीय युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको अवसथामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।


प्रहरीले गाडीका चालक र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएपनि उनीहरुको परिचय सार्वजनिक गरिएको छैन ।

 
सुन र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धामन सुरु भएको प्रहरीले जनाएको छ ।


हिजो मात्र प्रहरीले त्रिभुवन विमानस्थलबाट तस्करी गरी ल्याएको १ केजी र बीरगञ्जबाट १ सय ग्राम सुन बरामद गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD