२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

रेष्टुरेन्टले ग्राहकसँग लिईदै आएको १० प्रतिशत सेवा शुल्क अवदेखि नतिर्नु पर्ने


प्रकाशित: मंगलवार, १५ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । रेष्टुरेन्ट तथा बारले ग्राकहसँग सेवा शुल्कको नाममा लिइदै आएको १० प्रतिशत सेवा शुल्क मंगलवारदेखि नतिुर्न पर्ने भएको छ । 


रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सो सेवा शुल्क नलिने निर्णय गरेपछि ग्राहक १० प्रतिशत सेवा शुल्क तिर्न नपर्ने भएको हो । 


रेवानका अध्यक्ष प्रमोद जैसवालका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राखेर यस किसिमको निर्णय गरेको हो । 


ग्राहक तथा उपभोक्तहरुको सेवा शुल्कको विषयलाई लिएर चौतर्फी विरोध र असुन्तुष्टी प्रकट भएपछि ग्राहको हितलाई ध्यानमा राखि निर्णय गरेको रेवानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 


विज्ञप्तीमा भनिएको छ, ‘सेवा सेवा शुल्क हटाएसँगै गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा हामी प्रतिवद्ध छौं ।’ रेवानको यो निर्णय अनुसार काठमाडौ, पोखरा र सौरहाका रेष्टुरेन्ट तथा बारहरुमा मंगलवारदेखिनै लागु हुनेछ । 


मजुदरहरुका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था भईसकेको अवस्थामा यस किसिमको निर्णयले मजदुरलाई असर नपर्ने रेवानले बताएको छ ।  तर स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज भने लगाएको छैन । 


रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex