२४ आश्विन २०८३, शनिबार
Header

रेशम चौधरी रिहा, पक्राउ पुर्जी जारी गर्ने विष्ट पक्राउ


प्रकाशित: बुधवार, १७ बैशाख २०८२, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । पक्रउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन । 


आज बुधवार दिउँसो कमलादीस्थित सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेका चौधरीलाई सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ गरेको भन्दै सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो । 


कारागारबाट छुटेका चौधरीलाई लिन उनकी श्रीमती रञ्जिता श्रेष्ठसहित   कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।


सर्वोच्चको रिट तथा मुद्दा महाशाखाबाट चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी बुधबार नै डिल्लीबजार कार्यालयमा बुझाएको थियो ।

 
बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम हुन गईरहेको थियो । 


सवोच्चका महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत हस्तक्षर गरी पत्र पठाएको खुलेपछि उनी यतिखेर पक्राउ परेका छन । 


विष्टले अनधिकृत पत्र पठाएको पत्र प्रष्टीकरण दिएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गरी घटनाबारे प्रष्टीकरण दिएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex