काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएको रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट परेको छ ।
मंगलवार सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा शारदा कडायतले रिट दर्ता गरेकी हुन ।
उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी छन । रिटमाथि बुधबार पेशी तोकिएको छ ।
२०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी कडायतले यस अघि राष्ट्रपति कार्यलयमा चौधरीको रिहाई नगर्न निवदेन दिएकी थिईन ।
चौधरी विरुद्धको मुद्दामा अदालतले जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्णपाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु गलत हुने उनको दाबी छ।
उनले राष्ट्रपतिको निर्णय खारेज गरेर रेशम चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेश हुनुपर्ने माग गरेकी छन ।
Categorized in राष्ट्रिय