१७ बैशाख २०८१, सोमबार
Header

रेशम चौधरीले पाएन पार्टी अध्यक्षको मान्यता 


प्रकाशित: विहिवार, २४ फागुन २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा मान्यता नदिने निर्णय गरेको छ । 


विहिवार आयोगले पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको छ ।


आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार कानुन बमोजिम अद्यावधिक गर्न नमिल्ने देखिएको बताए ।


उनी व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन । उनलाई यस अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । 


२०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । 


राजनीतिक दलसम्बन्धी ऐन र अदालतका फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नसक्ने नमिल्ने आयोगको निर्णयको सार छ ।


आयोगको यो निर्णयले पार्टी अध्यक्ष चौधरीकी श्रीमति रन्जिता चौधरीले नै पार्टी अध्यक्षको रुपमा निरन्तरता पाउने भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD