१२ भाद्र २०८३, शुक्रबार
Header

रेल आउने चर्चामा मात्र सिमित, यो पल्ट पनि सम्झौता नहुने


प्रकाशित: सोमबार, २१ जेठ २०७५, १०ः२९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल आउने चर्चा हरेक भाषणमा गर्छन तर रेल ल्याउने ठोस कार्यन्वयन गर्न भने यस पल्ट पनि चुकेको छ ।

 
प्रधानमन्त्री ओली आगामी असार ५ गते पाँच दिने चीन भ्रमणमा जाँदैछन तर रेलवे सम्झौता भने नहुने भएको छ । रेलमार्ग के कसरी निर्माण गर्ने सम्भाव्यता अध्ययन नसकिँदा भ्रमणका क्रममा सम्झौता नहुने भएको हो ।


रेलमार्ग सम्भाव्यता अध्ययन प्रतिवेदन चीनले भदौ १५ भित्र नेपाललाई बुझाउने कार्यक्रम छ ।


यस अघि सन् २०१६ मा प्रधानमन्त्री अ‍ोली चीन भ्रमणमा जाँदा नेपाल–चीन रेल सञ्चालनमा सहमति भएको थियो तर सम्झौतापत्रमा हस्ताक्षर भने भएको थिएन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex