१४ बैशाख २०८१, शुक्रबार
Header

रेडक्रस स्यम्भू उपशाखाको सक्रियाता एक हजार ८ सयले लिए कोभिड खोप


प्रकाशित: विहिवार, १९ साउन २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल रेडक्रस स्यम्भू उपशाखाको सक्रियतामा १५ दिनसम्ममा एक हजार ८ सय जनाले कोभिड खोप लगाएका छन ।


उपसाखाका सभापति राजेन्द्र श्रेष्ठका अनुसार साउन ६ गतेदेखि स्यम्भूको भईखेल चौर नजिकै खोप अभियान संचालन गरेको हो ।


कोभिड संक्रमण बढेपछि नेपाल रेडक्रस जिल्ला शाखा काठमाडौंको सहयोगमा यो अभियान संचालन भईरहेको सभापति श्रेष्ठले बताएका ।


‘हालसम्म पनि पहिलो डोज नलगाएको धेरै मानिसहरु रहेको यस क्याम्पबाट स्पष्ट भएको छ’ उनले भने । 


गत शनिवार कोभिड विरुद्ध खोप मोवाईल क्याम्प चलाउँदा २ घण्टामा १८० जनाले खोप लगाएको अनुभव उनले सुनाए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD