२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रेडक्रसका विघटित तदर्थ समितिका सभापतिद्धारा सरकारको निर्णयप्रति खेद व्यक्त


प्रकाशित: आईतवार, १८ पुस २०७८, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल रेडक्रस सोसाईटीका विघटित सभापति नेत्रप्रसाद तिम्सिनाले सरकारको निर्णयप्रति खेद प्रकट गरेका छन । 


तिम्सिनाले आईतवार एक विज्ञप्ती जारी गरी राष्ट्रिय राजनीतिमा भएको वेथिती र विसंगतिलाई रेडक्रस जस्तो मानवीय संस्थामा प्रवेश गराएर सरकारले बिडम्बनापूर्ण र खेदजनक काम गरेको आरोप लगाएका छन ।


उनले भने,‘अमूक दलहरु विभाजन हुँदा वा गुट र उपगुटमा परिणत हुँदा अभिव्यक्त हुने नेता र कार्यकर्ताको त्तिक्ततापूर्ण सम्वन्धको रिस रेडक्रसमा फेर्ने काम भएको छ ।’


सरकारले यस अघि पुस १४ गते नेपाल रेडक्रस सोसाइटीका तिम्सिना नेतृत्वको तदर्थ समिति भंग गरेर सुदर्शनप्रसाद नेपाल सभापति रहने गरी २९ सदस्यीय अर्को तदर्थ समिति गठन गरेको छ । 


यो तदर्थ समितिको अवधि ३ महिना मात्र रहेको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सञ्जीव थापा नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति विघटन गरेर तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex