३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

रूस–युक्रेन युद्धमा रोल्पाका पूर्व वडा अध्यक्षको निधन


प्रकाशित: मंगलवार, २७ फागुन २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । रूस–युक्रेन युद्धमा रोल्पाका पूर्व वडा अध्यक्ष ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको निधन भएको छ ।


रोल्पाको सुनछहरी गाउँलिका–५ जैमाकसलाका पूर्व वडा अध्यक्ष बुढाथोकी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो । 


उनका दाइ दुर्गा बुढाथोकीका अनुसार भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि नै काजकिरिया सुरू गरेको छ । 


उनी २०७४ को स्थानीय तह निर्वाचनमा तीर्खबहादुर एमालेबाट सुनछहरी–५ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।


एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पनि वडा अध्यक्ष लडेका तिर्खबहादुर माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए ।


रूसमा मारिएका तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन्। उनकी श्रीमती अनमी हुन् ।

 

11 March 2025, Monday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex