२६ बैशाख २०८१, बुधबार
Header

रुस– युक्रेन युद्धमा चार नेपाली मारिएको पुुष्टि


प्रकाशित: बुुधवार, १३ मंसिर २०८०, ०९ः३५ बजे
- महानगरखबर

काठमाडौं । जारी रुस– युुक्रेन युद्धमा अहिलसम्म चार जना नेपाली मारिएको मस्कोस्थित नेपाली दूतावासले पुुष्टि गरेको छ ।


दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन । 


उनीहरूको मृत्यु युद्धको क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा ज्यान गुुमाएको दुुतावासको भनाई छ । रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको हो ।


दुुतावासले मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । 


मृत्यु हुेनमा थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । 


रुसका लागि नेपाली राजदूत मिलन तुलाधरका अनुसार विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।


२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । 


वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD