२६ बैशाख २०८१, बुधबार
Header

रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु (विज्ञप्तीसहित)


प्रकाशित: विहिवार, १ चेत्र २०८०, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । रुसी सेनामा गैरकानुनी रुपमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । 


परराष्ट्र मन्त्रालयले विहिवार एक विज्ञप्ती जारी गरी सो घट्नाको पुष्टिी गरेको हो ।  


जारी रस र युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन ।


यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । 


विज्ञप्तीमा रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।


हेरौ मन्त्रालयको विज्ञप्तीः 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD