७ भाद्र २०८३, आइतबार
Header

रुवेला दादुरा खोप लगाउन कोही नछुटुन, फागुन १६ बाट यी वडाहरुमा सञ्चालन


प्रकाशित: शनिवार, १२ फागुन २०८०, १६ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि महानगरका १९ वटा वडाहरुबाट रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । 


खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रमका अनुसार पहिलो चरणमा यी १९ वटा वडाहरु वडा नं. १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ मा बालवालिकालाई खोप प्रदान गरिने भएको छ । 


त्यसैगरी फागुन २० गतेदेखि १३ वटा वडाहरु ९४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२० मा खोप कार्यक्रम चल्नेछ । खोपमा रुवेला दादुरासँगै नियमित खोप पनि प्रदान गरिनेछ । 
रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र १५ बर्ष मुनिका बालबालिकालाई दिइन्छ ।


स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) ले, ९ महिनामाथि र ५ बर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । 


यिनीहरुलाई रुवेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ । 


यसरी दिइने खोपहरुमा डिपीटी, हेप बी–हिब, पीसीभी, आइपीभी रहेका छन । यस्तै  ५ बर्षमाथि १५ बर्ष उमेर तलका बालबालिकाको संख्या १ लाख १ हजार १२९ जना देखाएको छ । उनीहरुलाई रुवेला दादुराको खोप दिइनेछ । 


प्रणालीमा आवद्ध नभएका बालबालिकाको संख्यासँगै महानगरपालिकाले २ लाख ४६ हजारलाई खोप दिने लक्ष्य राखेको छ । 


यस अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले खोपबाट कुनै पनि बालबालिका छुटन नहुने बताएका छन । 


उनले खोप प्राप्त गर्न कसैलाई असहज नहोस र साझेदार र वडा समितिसँग समन्वय तथा समुदाय स्तरको सहभागिताबाट खोप सेवा सहज बनाउनेछ भन्ने विश्वाश लिएको बताए । 


नेपालको जनसंख्यीक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालका ४ प्रतिशत बालबालिकाले अहिले पनि एउटा पनि खोप लगाएका छैनन । 


काठमाडौँ महानगरपालिकामा भएका बालबालिकामध्ये गएको बर्ष १६ जनाले कुनै पनि खोप लगाएनन । ५ सय बालबालिकाले खोप त लगाए तर मात्रा पूरा गरेनन ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex