१४ बैशाख २०८१, शुक्रबार
Header

रुविलाले जितिन् मिस काभ्रे २०१८ को उपाधी


प्रकाशित: २०७५ असोज २० शनिबार
- करुण

मिस काभ्रे २०१८ को उपाधी रुविला श्रेष्ठले जितेकी छन् । आज काभ्रे बनेपाको अरनिको सभा भवनमा सम्पन्न मिस काभ्रे २०१८ को प्रतिस्पर्धामा रुविलाले उपाधीको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितिन् ।
 

आज सम्पन्न मिस काभ्रेको दशौं संस्करणमा प्रियंका पाठक दोश्रो स्थानमा परिन् भने रिचा न्यौपाने तेश्रो भइन् । विजेताहरुलाई मिस काभ्रे २०१५ का फस्ट रनर अप प्रशंम्सा मानन्धर, २०१६ का फस्ट रनर अप लजना नकर्मी र २०१७ का सेकेन्ड रनर अप पूनम नापीतको साथमा रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजु र कार्यकारी निर्देशक श्रीषा वैदार फैजु, हब इन्टरनेशनल एजुकेसनका सरीता खड्का, उद्धव खड्का लगायतले उपाधीको ताज पहि¥याउनुका साथै गिफ्ट ह्याम्परहरु पनि प्रदान गर्नुभयो ।
 

मिस काभ्रे २०१८ को उपाधी जितेसँगै अब रुविलाले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने भएकि छन् । रुविलाले निकट भविष्यमै चाइनामा आयोजना हुनलागेको मिस ग्लोब वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउनेछिन् । ‘यो प्रतिस्पर्धामा पनि हामीले अन्तर्राष्ट्रिय स्तरकै तालीमहरु दिएका थियौं । अब मिस ग्लोब वल्र्डको लागी विशेष तयारी हामीले गर्नेछौं’ रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले बताउनुभयो ।
 

कार्यक्रममा मिस काभ्रेको एक दशक पुरा भएको अवसरमा केक पनि काटिएको थियो । रेडियन्टका संस्थापक, संरक्षक केशवप्रसाद फैजु, फाउन्डर डाइरेक्टर राज फैजु र कार्यकारी निर्देशक श्रीषा वैदार फैजुले केक काटेका थिए । सन् २००९ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको यस सौन्दर्य प्रतियोगीतालाई काभ्रेको प्रतिष्ठित प्रतियोगीताको रुपमा लिइन्छ ।

 


 

अडिसनबाट छानिएका १० जना प्रतिस्पर्धीबीच फाइनल स्पर्धा भएको थियो । निर्णायक मण्डलले प्रदान गरेको अंकको आधारमा विजेता छानिएको थियो । निर्णायक मण्डलमा चलचित्रकर्मी नवल खड्का, गायिका सत्यकला राई, संचारकर्मी बिराजकाजी राजोपाध्याय, हब इन्टरनेशनल एजुकेशनका सरिता खड्का र संचारकर्मी निलिमा मास्के श्रेष्ठ सम्मिलित थिए ।
 

कार्यक्रम रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको थियो भने कोरीयोग्राफी रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका थिए । त्यसैगरी फेसन डिजाइनर श्रीषा वैदार फैजुको डिजाइन रहेको थियो । कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD