१६ चैत्र २०८०, शुक्रबार
Header

रुप ज्योती पक्राउको विरोधमा व्यवसायीहरुद्वारा न्यूरोडमा प्रदर्शन


प्रकाशित: विहिवार, २८ कातिक २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । उद्योगी तथा पूर्व राज्यमन्त्री रुप ज्योती पक्राउको विरोधमा विहिवार व्यवसायीहरुद्धारा बसन्तपुरमा प्रदर्शन गरिएको छ । 


उद्योग वाणिज्य संघ काठमाडौंले विरोध प्रदर्शन गर्दै व्यवसायीको सुरक्षा माग समेत गरेका छन । उनीहरुले हातमा कालो पट्टि बाँधेर बिरोध प्रदर्शन गरेका थिए । 


व्यवसायीहरुले रुप ज्योती पक्राउ प्रति आपत्ती जनाउँदै यसमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । व्यवसायी ज्योती र उनका छोरी सुूरुचीलाई प्रहरीले भगौडा जस्तो व्यवहार गरी धरपकड गरेकोमा व्यवसायीहरुले दुःख व्यक्त गरेका छन । 


संघका अध्यक्ष दिनेश श्रेष्ठले राज्यले निजी क्षेत्रलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताउँदै ऐन कानुन सुधार गर्नतर्फ सरकार लाग्नुपर्ने पनि बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD