काठमाडौं । रुपन्देहीको तिलोत्तमामा दुई युवाविचको झगडाका कारण एकको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक ह्दय थापाका अनुासर बुधवार राती तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको बताएको छ ।
पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा हुँदा झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको प्रहरीलाई चौधरीले बयान दिएको छ ।
अभियुक्त चौधरीलाई पक्राउ गरी थुनामा थप अनुसन्धान थालिएको जनाएको छ ।
Categorized in समाज