४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रुपेन्देहीमा प्रहरी र तस्करविच गोली हानाहान, एक तस्करको मृत्यु, एक प्रहरी जवान घाईते


प्रकाशित: आईतबार, २९ पुष २०७५, १०ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको गोली प्रहारबाट गएराती रुपेन्देहीको सिद्धार्थनगर नगरपालिका वडा १० स्थित शंकरापुरमा एकको मृत्यु भएको हो । 


प्रहरीका अनुसार प्रहरीको गोलीबाट मृत्यु भएका व्यक्ति तस्कर समुहका भएको जनाएको छ । 


गएराती गस्ती टोलीको चेकजाँचको तस्कर समुहले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायरमा पहिचान नखुलेको अन्दाजी ३० बर्षका व्यक्ति रहेको बताएको छ । 


जवाफी फायरको क्रममा प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन उनको बायाँ पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ । 


भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको प्रहरीका भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex