काठमाडौं । रुपेन्देहीको देवहमा शुक्रवार बेलुका एक पाँच बर्षिय बालिकाको बलात्कार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको भएको हो ।
बालिका बलात्कार गरेको आशङ्कामा प्रहरीले स्थानीय ६ जना युवालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले बताए ।
प्रहरीले पक्राउ परेका मध्ये २ जनालई बलात्कार गरेको स्वीकारेको छ । स्थानीय देवदह नगरपाकिालका– २२ बर्षिय लक्ष्मण विक र देवदेह–७ का १८ बर्षिय जीवन खत्रीले बलात्कार गरेको स्वीकारको प्रहरीले बताएको छ ।
पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको अवस्थामा उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिए ।
पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताएका छन् ।
Categorized in समाज