१२ बैशाख २०८१, बुधबार
Header

रुपेन्देहीको मोतिपुर औधोगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीविच भीडन्त, ३ जनाको मृत्यु


प्रकाशित: आईतवार, २४ असोज २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा बसोवास गर्ने सुकुम्वासी र प्रहरीविच भएको भिडन्तमा ३ जना मृत्यु भएको छ । 


घट्नामा गोली लागेर घाईते भएका उनीहरुको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जनाएको अनलाइनखबरले प्रकाशित गरेको समाचारमा उल्लेख छ । 


समाचार अनुसार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।


घट्नापछि प्रशासनले झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कफ्र्यू लगाइएको छ । 


अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको प्रशासनको भनाइै छ तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD