१५ बैशाख २०८२, सोमबार
Header

रुपियाँ ५ को नयाँ नोट चल्तीमा ल्याइयो


प्रकाशित: मंगलवार, २ बैशाख २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २ (आज मंगलवार) देखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । 


बैंकले साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का थप १० लाख नोट चलनचल्तीमा ल्याउन लागिएको हो । 


नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।


यस्तै, नोटको पछिल्लझ भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।


बैंकको सुचनाः 

 


 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex