काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा बिहीबार गोली चल्दा एक जना घाईते भएको छ ।
प्रहरीका अनुसार सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा नाम नखुलेका ती व्यक्ति घाईते भएका थिए ।
घाईते सो व्यक्रिलाई भने भारतीयहरुले नै लगेको छ ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाएको प्रहरीले जनाएको छ ।
सो क्रममा भारतीयरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण समेत गरेका छन । सो आक्रमणमा परि ३ जना प्रहरी घाइते भएका छन ।
प्रहरीले भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबीलाई हतियारसहित पक्राउ गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।
Categorized in समाज