५ जेठ २०८१, शनिबार
Header

रुपन्देहीको कोटिहवामा रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा 


प्रकाशित: शुक्रवार, २५ माघ २०७५, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई सम्पूर्ण बैंकिक सेवा दिन उद्देश्यले रुपन्देहीको कोटिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 


बैकले विज्ञप्ती मार्फत शाखा सञ्चालनबारे जानकारी दिँदै प्रदेश ५ का हरेक घरमा बैंकिक सेवाको पहुँच पुराउने योजना रहेको जनाएको छ । 


हाल बुटवलको कालिकानगरमा कर्पोरेट भवन निर्माण भईरहेका बैकले विज्ञप्ती जारी गरी जनाएको छ। 


कोटिहवासँगै अब बैंकको शाखा संख्या ३९ पुगेको छ । बैंकको एउटा एक्सटेन्सन कार्यालयसमेत छ । 


प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार बैंकको हाल चुक्ता पूँजी १ अर्व ६२ करोड रुपैयाँ रहेको तथा १६ अर्व १० करोड निक्षेप परिचालन गरी १४ अर्व ५२ करोड कर्जा लगानी गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD