४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रुखले किचेर मजदुरको मृत्यु


प्रकाशित: आईतबार, ८ पुष २०७५, ०८ः४० बजे 
- महानगरखबर

काठमाडौं । बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्ले बताए । 


मृतक सार्कीको शव धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखिएको र आइतबार शव परीक्षण गरी आफन्तको जिम्मा लगाइने बताइएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex