५ भाद्र २०८३, शुक्रबार
Header

रुकम पश्चिममा श्रीमति र छोराको गोली र छुरा प्रहार गरी हत्या 


प्रकाशित: आईतबार, २ मंसिर २०७५, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । रुकुम पश्चिम एक मानसिक अवस्था ठीक नभएको व्यक्तिले आफ्नै श्रीमति र छोराको हत्या गरेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन । 


बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 


स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको थियो । 


बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


स्थानीयवासीका अनुसार  बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex