काठमाडौं । पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना रिहा भएका छन ।
आइतबार निषेधित तोडी प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनीहरू सबैलाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।
राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको थियो ।
अन्य तीन जना प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।
Categorized in राष्ट्रिय