काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण उच्च अदालत पाटन पुुगेका छन ।
खाँण लगायत नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व मन्त्री टोपबहादर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालत गएका हुन ।
उनीहरुले आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै सामन्य तरिखमा रिहा गरि थुनामुक्त गर्न आदेशको माग गर्दै अदालत गएका हुन ।
मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन ।
जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ ।
कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश सुनाउँछ ।
Categorized in राष्ट्रिय