१५ बैशाख २०८२, सोमबार
Header

रिङरोड विस्तारको लागि सामूहिक दवाव यात्रा


प्रकाशित: शनिवार, १५ असार २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । चक्रपथ (रिङरोड) विस्तारका लागि शनिवार काठमाडौंमा सामूहिक दबाब यात्रा गरिएको छ ।


कलंकी– धोवीखोला सडक खण्डमा नेपाली कांग्रेसका नेता एंव सांसद प्रदीप पौडेलको नेतृत्वमा दबाब यात्रा निकालिएको हो ।


चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा काठमाडौंको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्य अवस्थामा गम्भीर असर परिरहेकोले छिटो भन्दा छिटो रिंगरोड विस्तारको लागि दवाव यात्रा निकालिएको सांसद पौडलेले बताए । 


सांसद पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।


यस अघि उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र चिनियाँ राजदूत सँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex