६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रास्वपा सरकारबाट बाहिरियो, मन्त्रीहरुले आजै राजीनमा दिने


प्रकाशित: आईतवार, २२ माघ २०७९, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।


आईतवार रास्वपका केन्द्रिय कार्यलयमा आयोजित विशेष पत्रकार सम्मेलनमा सरकारकाबाट बाहिरिने पार्टीको निर्णयबारे जानकारी दिए ।


रास्वपा सामेल सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेलाई पुनः गृहमन्त्री नदिने निर्णयमा पुगेपछि रास्वपाले सरकार छाडेको हो । 


यस अघि पार्टीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्री बनाउन २ दिन समय दिएपनि सो विषमया प्रधानमन्त्री कन्भिस नभएपछि सरकार छाडेपनि सरकारलाई भने समर्थन रहने बताएका छन ।


माघ १३ गते सर्वोच्च अदालतले तत्कालिन अवस्थामा लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेकै बेला उनले नेपाली नागरिकता लिन पुनः प्रक्रिया नगरेकोले नेपाली नागरिक नभएको ठहर गरेपछि संसद र मन्त्रीपदबाट मुक्त भएका थिए । 


उनले माघ १५ गते पुनः नेपाली नागरिकता लिएपछि रास्वपाका सभापतिमा फेरि आएका हुन ।  


रास्वपका मन्त्रीहरुले आइतबार नै मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने बताए ।


रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex