२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच ७ बुँदे सहमति


प्रकाशित: आइतवार, १३ पुस २०८२, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एउटै पार्टीमा आवद्ध भई आगामी प्रतिनिधिसभा निर्वाचनमा जाने विषयमा ७ बुँदे सहमति भएको छ ।


सहमति अनुसार रास्वपाको नेतृत्वमा रवि लामिछाने रहने र बालेन शाहले त्यसलाई स्वीकार गर्दै अघि बढ्ने सहमति भएको छ । 


त्यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई स्वीकार गर्ने प्रतिबद्धता रवि लामिछानेले जनाएका छन ।


सहमतिपत्रको बुँदा नम्बर ४ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको छ ।


रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक तथा उन्नत समाज निर्माणप्रति कटिबद्ध रहने, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 


आम नागरिकका आकांक्षा सम्बोधन गर्न सुसंस्कृत र परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै दुवै पक्ष एकतामा पुग्ने सहमति गरेको उल्लेख छ ।


सहमतिको पहिलो बुँदामा जेन–जी आन्दोलनप्रति अपनत्व लिने र उनीहरूले उठाएका मागहरू सम्बोधन गर्न प्रतिबद्ध रहने विषय समेटिएको छ ।


यस्तो छ ७ बुँदे सहमती

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex