काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानको तेस्रो पटक म्याद थप्ने तायरी गरिएको छ ।
प्रहरीले लामिछानेसँग बयान पूरा नभएको भन्दै अझै म्याद थप्ने तयारी गरको हो । उनीसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अझै बयान नसकिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अवैध रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपपछि अनुसन्धानको लागि प्रहरीले काठमाडौंबाट कात्तिक २ गते पक्राउ गरेको थियो ।
पहिलो पटक दिएको समयमा बयान पूरा नभएको भन्दै दोस्रो पटक ७ दिन समय थपिएको थियो।
दोस्रो पटक थपिएको समय सकिँदा तिहार बिदा भइसकेकाले कार्यालय खुल्ने दिन कात्तिक २० गते तेस्रो पटक म्याद थप गर्न तगारी गरिएको छ ।
Categorized in सहकारी