काठमाडौं । अदातलको अवहेलना गरेको भनी राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
बुधवार अदालतको आदेशपछि उक्त निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलले बताए ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ता पोखरामा प्रदर्शनमा उत्रेका थिए ।
अदालतबाट म्याद थप भई थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रीय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका हुन ।
सुरुमा अदालतले यो निवेदन दर्ता गर्न नमानेपछी त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश विनोद शर्माको इजलासले निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश बदर गरेको थियो ।
Categorized in राष्ट्रिय