२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ जारी गर्ने


प्रकाशित: सोमवार, १४ पुस २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले र २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ जारी गर्ने भएको छ । 


उक्त ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ भने लगानीकर्तालाई अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ ।


ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । साथै, यो ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ ।


केन्द्रीय बैंकका अनुसार ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा समावेश हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । 


तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपात मा भने उक्त रकम गणना गर्न सकिनेछ ।


ऋणपत्र निष्कासन मितिमा सम्बन्धित काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिनेछ ।

 
साथै, त्यस्ता काउन्टरपार्टीलाई २.५० प्रतिशत दरले हर्जाना लगाइने र ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex