२८ बैशाख २०८१, शुक्रबार
Header

राष्ट्र बैंकले स्मारिका सिक्का निकाल्ने, रु ५ को सिक्का छाप्ने


प्रकाशित: आइतवार, २२ पुस २०८०, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ प्रदेशको एतिहासिक महत्वको सम्पदा छनोट गरी स्मारिका सिक्का निकाल्ने जनाएको छ । 


राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाका अनुसार ७ प्रदेशमध्ये बागमतिको अध्ययन भईरहेको र सुदुरको आगामी माघ १५ सम्ममा सकिनेछ । 


महाशाखाले सिक्का निकाल्ने प्रस्ताव कार्यव्यवस्था समिति हुँदै संचालक समितिमा पेश गर्नेछ र समितिको सिफारिसमा सरकारबाट स्वीकृत भएपछि सिक्का निकालिने विभाले जनाएको छ ।


चालु आर्थिक वर्षको अन्तिमसम्म प्रदेश सिक्का निकाल्ने योजना विभागको छ । ३० हजार थान सिक्कामध्ये २० हजार थान चाँदीका र १० हजार थान किप्रोकनिकल धातुका निकाल्ने छन ।

  
हाल ५ रुपैयाँको सिक्का छाप्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD