काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित नयाँ नोट आजदेखि चलनचलनमा ल्याएको छ ।
बैंकका अनुसार नोटको मध्यभागमा नेपालको नक्सा राखिएको छ भने बाँकी सबै विशेषता पहिलेकै जस्तै छन ।
नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।

सुरक्षात्मक विशेषताका रूपमा आशोक स्तम्भको चित्रसँगै दृष्टिविहिनले समेत छामेर पहिचान गर्न सक्ने कालो थोप्लो थपिएको बैंकले जनाएको छ ।
२ मिलिमिटर चौडाइको सुरक्षा धागो नोटको प्रमुख आकर्षण मानिएको छ। नोटलाई सिधा हेर्दा सुरक्षा धागो रातो देखिन्छ भने ढल्काएर हेर्दा हरियो रङमा परिवर्तन हुन्छ ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट चरणबद्ध रूपमा बजारमा वितरण हुँदै जानेछ ।
Categorized in बैंक