२० बैशाख २०८१, बिहिबार
Header

राष्ट्र बैंकले तिहारमा सुनको असर्फी र चाँदीका सिक्का विक्री गर्ने


प्रकाशित: बुुधवार, १५ कातिक २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । 


बैंकले बुधवार एक सुचना जारी गरी राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ । 


बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने उनले बताए ।


यस्तै चाँदीको मेडालियन सिक्का २५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । 


२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित छ भने १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ ।


२५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको विभागले जनाएको छ । 


१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD