काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेकका सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
लामो समयदेखि राष्ट्र बैंकमा देखिएको गभर्नर अन्योल सकिएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
Categorized in बैंक