१२ बैशाख २०८१, बुधबार
Header

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे


प्रकाशित: शुक्रवार, २५ चैत्र २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।


शुक्रवार सरकारले गभर्नर अधिकारीलाई निलम्बनको पत्र थमाएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । 


गभर्नर अधिकारीले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायत गम्भरी आरोप लागेकोले निलम्बन गरिएको बुझिएको छ । 


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो ।


उनीमाथि लागेको आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ ।


डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD