१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता हुने


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । इन्टरनेशनल युथ सोसाईटीको आयोजना तथा ट्रयाक नेपालको सहकार्यमा राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । 


शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सोसाईटीका कन्ट्री डाईरेक्टर जानकी गुरुङले युवाहरुको प्रतिभालाई प्रस्फुटन गराई भावी सक्षम युवा पुस्ता तयार गर्ने उद्देश्यले सो प्रतियोगीता गर्न लागेको जानकारी दिए । 


उनले भनिन, ‘ यो क्वीज कम्पिन्टीसन फरक शैली र अन्तराष्ट्रिय स्तरको हुनेछ । यसबाट नेपालका विद्यार्थीहरुले धेरै कुरा सिक्न र अनुभव प्राप्त गर्न सक्नेछ ।’


सो पत्रकार सम्मेलनमा क्विज कम्पिटिशनका संयोजक देवी प्रसाद घिमिरेले कजेलका ११ र १२ कक्षाका १६ देखि १८ बर्षका विद्यार्थीहरु विच हुने यस प्रतियोगितमा चितवन, पोखरा, विराटनगर लगायतका विद्यार्थीहरुहरुले सहभागिता जनाउने जानकारी दिए ।

 
संयोजक घिमिरेले अहिलेको नयाँ पुस्तालाई कसरी व्यवहारिक रुपमा योग्न बनाउने हो भन्ने विषयमा भईहरेको बहष अन्तर्गत यस संस्थाले गर्न लागेको ज्ञान बृद्धिको यो कार्यक्रमले प्रतिफल दिने विश्वास व्यक्त गरेका थिए ।


ट्रयाक नेपालका अध्यक्ष पियारत्न महर्जनले कजेलका विद्यार्थीहरु विच गरिने यो प्रतियोगितमा बिजेता हुनेहरुलाई अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहमा सहभागी गराउने जानकारी दिए । 


अध्यक्ष महर्जनले प्रतियोगिताका लागि विभिन्न स्तरबाट सहयोग र साथ भएकोले कार्यक्रम प्रभावकारी हुने बताए । 


त्यसैगरी पत्रकार सम्मेलनमा सोसाईटीका इभेन्ट म्यानेजर तथा टेलिभिजन प्रस्तोता विवश राईले प्रतियोगीतबारे विस्तृत जानकारी दिएका थिए । 


म्यानेजर राईका अनुसार कार्यक्रमको सेफिफाईनल फागुन १२ गते आईतबार (२४ फ्रेबुअरी) मा हुने र सो बाट छनौट भएको ११ वटा टिमबाट ५ वटा टिम फाईनलको लागि प्रतिस्पर्धी हुनेछ । 


फाईनल १३ गते सोमबार ( २५ फ्रेबुअरी ) कमलपोखरीस्थित रसियन कल्चरमा हुने म्यानेजर राईले जानकारी दिए ।


नेपालको लागि अष्ट्रेलियन राजदूत पिटर बुडको प्रमुख आथित्यमा हुने सो प्रतियोगितमा सासंद एकनाथ ढकालको उपस्थिती रहनेछ भने वक्ताको रुपमा नेपाल सरकारका पूर्व सचिव किशोर थापा, अर्वन डेभलपमेन्ट परिषदका महासचिव ओम डि राजोउपाध्याय र डब्लूएफपिए नेपालका सिईओ विलेसिसिइ जि ढकाल रहने म्यानेजर राईले जानकारी दिए । 


सो प्रतियोगितका बिजेतालाई २५ हजार नगद, दोश्रो स्थान हसिल गर्नेलाई १५ हजार र तेश्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ । 


यस कार्यक्रमलाई सपोर्ट युथ फेडेरेशन वल्र्ड पिस (वाईएफडव्लुपी)ले गरेको छ । साथै लाइयन्स क्लव, स्पेस इजुकेशन इन्सिच्युट, वाईवाई , कन्सोल बजारले साथ दिएका छन । 


त्यसैगरी एजुकेशन पार्टनरको रुपमा मेरो कन्सलटयान्सी, सिडन्यानो टेक एण्ड कन्सलटिंग, टिमटी रहेका छन भने हस्पिलाटी पार्टनरमा डकीयार्ड रेस्टुरेन्ट रहेका छन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex