काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गरेका छन ।
आइतवार सैनिक मञ्चमा प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्त्व मनन गर्न आग्रह गरे ।
युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गर्दै उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको उनले बताए ।
प्रम ओलीले राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेकोप्रति आभार व्यक्त गरे ।
2 March 2025, Sunday
Categorized in राष्ट्रिय