२२ बैशाख २०८१, शनिबार
Header

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी पुुस २३ मा दर्ता हुने


प्रकाशित: आइतवार, १७ मंसिर २०८०, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने जनाएको छ । 


आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनको सदस्यमा उम्मेदवारी दिनेहरुका लागि पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो ।


राष्ट्रियसभाका १९ सदस्य चयनका लागि आयोगले ११ माघमा निर्वाचन गर्दैछ । 


मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्मेदवारले नाम फिर्ता लिने निर्वाचन कार्यक्रम रहेकोछ । 


पुस २७ गतेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।


यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD