२१ बैशाख २०८१, शुक्रबार
Header

राष्ट्रिय सभा निर्वाचनः मतदान ३ बजेसम्म, कुन प्रदेशमा कति मतदता ?


प्रकाशित: विहिवार, ११ माघ २०८०, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबार भएको मतदान अन्तिम चरणमा पुगेको छ ।


७ प्रदेशका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 


निर्वाचन आयोगका अनुसार १९ सिटका लागि विभिन्न ८ दलबाट ५१ जना चुनावी मैदानमा प्रतिस्पर्धामा देखिएको छ । 


बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।  


कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार प्रदेश सभा सदस्य सबैले मतदान गरिसकेका छन । 


कोशीमा ९३ जना प्रदेश सभा सदस्य छन भने २७३ मध्ये २७१ जनाले मतदान गरेको छ । 


लुम्बिनी प्रदेशमा ३०५ जना मतदाता रहेका छन । निर्वाचनको पछिल्लो अपेडेट अनुसार ८७ जना प्रदेश सभा र स्थानीय तहका २१८ जना रहेका छन । 


निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ । 


कोशीमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन ।  यस्तै, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।


फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । एक पद भने राष्ट्रपतिबाट मनोनीत गरिने छ।


प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिका प्रमुख÷उपप्रमुखको मतभार १९ छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ मतदाता छन ।  


आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD